Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaक्वीन्सल्याण्डमा ‘नाइस तीज मेला २०८०’ हुँदै

क्वीन्सल्याण्डमा ‘नाइस तीज मेला २०८०’ हुँदै


सिड्नी। अष्ट्रेलियाको क्वीन्सल्याण्डमा महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा नाइस तीज मेला २०८० को आयोजना गरिने भएको छ।

विशाल इन्टरटेनमेन्टको आयोजनामा उक्त कार्यक्रम सेप्टेम्बर ८ तारिख स्ट्र्याथपाइन कम्युनिटी सेन्टर ब्रिस्वेनमा हुन लागेको हो।

नाइस होम रियल स्टेट एण्ड नाइस होम लोन एसोसियट र अल्र्ड कर्पोरेट टाइटल स्पोन्सर रहेको तीज मेला २०८० मा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, अमृत सापकोटा गायीका समिक्षा अधिकारी र डान्सर फुलु पुनको प्रस्तुति रहने विशाल इन्टरटेनमेन्टका निर्देशक गोविन्द भट्टराईले केबीसीलाई जानकारी दिए।

डिजे गोरखको साउन्ड सिस्टम रहेको कार्यक्रमको टिकटको मूल्य २० अष्ट्रेलियन डलर तोकिएको उनले बताए। टिकट गोबिन्द भट्टराई, अमृत खत्री, रमेश रोका, सागर गिरी, प्रकाश सापकोटा र सुमी लुईटेललाई सम्पर्क गरेर तथा अनलाइनबाट पनि खरिद गर्न सकिने उनको भनाइ छ। कार्यक्रम स्थलमा खानाका स्टल पनि रहेको उनले बताए।

तीज मेलाबाट संकलित रकमको ७५ प्रतिशत क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रका लागि सहयोग गरिने लोक दोहोरी प्रतिष्ठान अष्ट्रेलियाका अध्यक्ष समेत रहेका भट्टराईले बताए। लामो समयदेखि चलेको नेपाली सांस्कृतिक केन्द्र बनाउने अभियानले चाँडै पूर्णता पाओस् भन्ने उद्देश्यले उक्त रकम दिन लागेको उनले बताए।

उनले ७५ प्रतिशत रकम क्वीएनसीसीलाई हस्तान्तरण गर्ने भएकाले क्वीन्सल्याण्डमा रहेका नेपालीवासीलाई टिकट खरिद गरी कार्यक्रमलाई भव्य र सभ्य बनाउन आग्रह गरेका छन्। अनलाइनबाट टिकट खरिदका लागि यहाँ क्लिक गर्नुहोला।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९

सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

सिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी घोषणा

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

Techie IT