गृहपृष्ठ ∕ राजनीति ∕ एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेश सभा स्थगितएमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेश सभा स्थगित नेपालीपत्र बुधबार, २०८० भदौ ६ गते, १५:५८ मा प्रकाशित राजनीति विराटनगर। कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रदेशसभा बैठक बहिष्कार गरेका छन्।मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बैठकमा सभाध्यक्ष इस्राइल मन्सुरीले अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै एमाले र राप्रपाले बैठक बहिस्कार गरेपछि सभाध्यक्ष मन्सुरीले अर्को सूचना नहुञ्जेलसम्म प्रदेशसभा बैठक स्थगित गरिएको घोषणा गरे।बैठक सुरू हुने बित्तिकै राप्रपाका नेता भक्तिप्रसाद सिटौलाले कुर्सीबाट उठेर सभाध्यक्ष मन्सुरीले सोमबारको प्रदेशसभामा अमर्यादित व्यवहार प्रदर्शन गरेकाले बैठक बहिस्कार गरेको भन्दै सदन बाहिर निस्केका थिए।राप्रपा सांसदहरू बाहिरिएपछि एमाले सांसदहरू पनि कुर्सीबाट उठेर विरोध गरेका थिए। एमाले प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्ष मन्सुरीले संविधानको धारा १८६ विपरीत सोमबारको बैठकमा मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावमा मतदान गरेकाले सदन बहिस्कार गर्ने बताएपछि एमालेका सबै सांसदहरू पनि सदनबाहिर निस्केका थिए। #नेकपा (एमाले) #राप्रपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ३ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ४ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ५ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ६ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ७ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पThe Film Nepal