Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तर कोरियाको जासूसी भू–उपग्रह प्रक्षेपण प्रयास असफल

उत्तर कोरियाको जासूसी भू–उपग्रह प्रक्षेपण प्रयास असफल


एजेन्सी । उत्तर कोरियाले जासुसी भू–उपग्रहलाइ बिहीबार अन्तरिक्षको कक्षमा स्थापित गर्ने आफ्नो दोस्रो प्रयास पनि असफल भएको जनाएको छ ।

पहिलो जासुसी भू–उपग्रह प्रक्षेपणको केही समयपछि समुद्रमा खसेको तीन महिनापछि उत्तर कोरियाले यो दोस्रो प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनले आकाशमा सैन्य पहुँच विकासलाई उच्च प्राथमिकता दिएका छन् भने आणविक शक्ति सम्पन्न आफ्नो देशले यो अमेरिकी सेनाको बढ्दो क्षेत्रीय गतिविधिको लागि आवश्यक सन्तुलन भएको दाबी गरेका छन् ।

‘नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेसन (नाडा)’ ले बिहीबार ‘टोही उपग्रह मालिगयोङ–१’ को दोस्रो प्रक्षेपण गरेको कोरियाली केन्द्रीयसमाचार संस्था (केसीएनए)ले जनाएको छ ।

“तेस्रो चरणको उडानका क्रममा इमर्जेन्सी ब्लास्टिङ सिस्टममा आएको त्रुटिका कारण प्रक्षेपण असफल भएको नाडाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । “यो समस्या ठूलो विषय होइन र अक्टोबरमा अर्को प्रक्षेपणको प्रयास गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियाली सेनाले स्थानीय समयअनुसार बुधबार बिहान ३ः५० बजे उक्त अन्तरिक्ष रकेट प्रक्षेपण भएको थाहा पाएको र यो ‘एलो सी’ माथि उडेको बताएको छ । भग्नावशेषको खोजी र पुनःप्राप्ति अभियान सुरु गरिएको जनाइएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले बिहीबारको प्रक्षेपण र उत्तर कोरियाले गत मे महिनामा गरेको प्रयासको निन्दा गर्दै प्योङयाङले ‘आफ्ना जनतालाई भोकमरी र मृत्युको मुखमा पुर्याइरहेको आर्थिक अवस्थाका लागि तल्लो अधिकारीहरूलाई दोष दिँदै लापरबाहीपूर्ण उक्साहटमा दुर्लभ स्रोतसाधनको दुरुपयोग गरिरहेको’ बताएको छ ।

उत्तर कोरियाले जापानको तटरक्षक बललाई अगस्ट २४ देखि ३१ को बीचमा भू–उपग्रह प्रक्षेपण गरिने जानकारी दिएको थियो, जसका कारण टोकियोले जहाजहरू र पीएसी–३ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली परिचालन गर्न निर्देशन गरेको थियो ।

जापान सरकारले सुरुमा यो प्रक्षेपणलाई ‘अत्यन्त समस्याग्रस्त’ भनेको थियो र दक्षिणी ओकिनावा क्षेत्रका बासिन्दाहरूलाई यसबाट सुरक्षित रहन संक्षिप्त चेतावनी जारी गरेको थियो ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भने, “यस्तो व्यवहार संयुक्त राष्ट्रसङ्घको प्रस्तावविपरीत छ र हामीले पहिलेदेखि नै कडा विरोध गरिरहेका छौं ।”

किशिदाले हालै सम्पन्न त्रिपक्षीय क्याम्प डेभिड शिखर सम्मेलनको आलोकमा वासिङ्टन, टोकियो र सियोलले ‘पहिलेभन्दा बढी नजिकबाट समन्वय गर्ने’ बताए ।

उत्तर कोरियालाई क्षेप्यास्त्र र अन्तरिक्ष रकेट दुवैका लागि प्रयोग गरिने ब्यालेस्टिक प्रविधिको परीक्षणगर्न संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रस्तावअनुसार प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले भने, “यो प्रक्षेपणले यस क्षेत्र र बाहिरको सुरक्षा स्थितिलाई अस्थिर पार्ने खतरा छ ।

वासिङ्टन र सियोलले सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेको केही समयपछि यो प्रक्षेपण भएको हो ।

‘उल्ची फ्रिडम शिल्ड’को नामले चिनिने यो वार्षिक अभ्यास अगस्ट ३१ सम्म चल्नेछ । यसले प्योङयाङलाई सधैं चिढ्याउँछ र पहिले नै उत्तर कोरियाली ह्याकरहरूको निशानामा पर्दै आएको छ ।

प्योङयाङको आणविक निःशस्त्रीकरणबारे छलफल गर्ने असफल प्रयासपछि दुई कोरियाबीचको सम्बन्ध केही वर्षयताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ ।

किमले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गर्दै सामरिक आणविक हतियारलगायत हतियार उत्पादन बढाउन आह्वान गरेका छन् । सफलतापूर्वक एक जासूस उपग्रह अन्तरिक्षको कक्षमा राख्नु उत्तर कोरियाको लागि सैन्य सूचना सङ्कलनका लागि एउटा महत्वपूर्ण उपलब्धि हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT