Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियफ्रान्सेली राजदूतलाई नाइजर छोड्न आदेश

फ्रान्सेली राजदूतलाई नाइजर छोड्न आदेश


एजेन्सी । नाइजरको सैन्य नेतृत्वले फ्रान्सेली राजदूतलाई देश छोड्न आदेश दिएको छ । सैन्य सरकारको यो कदमले पश्चिम अफ्रिकी राष्ट्रमा प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई पदच्युत गरेपछि अन्तरराष्ट्रिय सङकटलाई अझ बढाएको अल जजीराले जनाएको छ ।

फ्रान्सेली राजदूत सिल्भेन इट्टेलाई ४८ घण्टाभित्र नाइजर छोड्न भनिएको छ । शुक्रबार उहाँलाई सैन्य सरकारले पठाएको एक पत्रमा छलफलका निम्ति विदेश मन्त्रालयमा उपस्थित हुन गरिएको आमन्त्रणाको बेवास्ता गरेको आरोप पनि लगाइएको छ । राजदूत इट्टेको निष्कासनको कारण ‘नाइजरको हित विपरीत फ्रान्सेली सरकारको काम हो’ भनिएको छ ।

फ्रान्सको विदेश मन्त्रालयले शुक्रबार नै नाइजरका सत्ता विप्लवीसँग आफ्ना राजदूतलाई फिर्ता जान आदेश दिने कुनै अधिकार नभएको बताएको छ । सैन्य विद्रोहअघिसम्म नाइजरसँग फ्रान्सको सुमधुर सम्बन्ध थियो । आफ्नो पूर्वउपनिवेश नाइजरलाई सशस्त्र समूहविरुद्धको लडाइँमा पेरिसले सघाउँदै आएको थियो ।

गत महिना सेनाले सत्ता कब्जा गरेपछि नाइजरमा फ्रान्स विरोधी भावना बढ्दै गएको छभने केही स्थानीयले आफ्नो आन्तरिक मामिलामा पेरिसले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले नाइजरका विद्रोहीको आलोचना गर्दै अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

यसैबीच, सैन्य नेता जनरल अब्दरहमाने त्चियानीले आक्रमणको अवस्थामा नाइजर क्षेत्रमा हस्तक्षेप गर्न बुर्किना फासो र मालीका सुरक्षा बललाई अधिकार दिने दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका सैन्य अधिकारी ओमारो इब्राहिम सिदीले बताएका छन् । रासस एएनआई




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT