Techie IT
२०८२ भदौ ५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थनयाँ भाइबर च्याटबटको साथ राकुटेन भाइबर र सस्तो टिकट्सले नेपाल पर्यटनलाई पुनः परिभाषित गर्दै

नयाँ भाइबर च्याटबटको साथ राकुटेन भाइबर र सस्तो टिकट्सले नेपाल पर्यटनलाई पुनः परिभाषित गर्दै


काठमाडौँ । राकुटेन भाइबरले नेपालको पर्यटन उद्योगप्रति आफ्नो प्रतिबद्धतालाई पुनः प्रमाणित गर्न अन्तरिक यात्रालाई सहयोग र सशक्तिकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकट्ससँग मिलेर एउटा सिर्जनात्मक च्याटबटको सुरुवात गरेको छ। जसबाट नेपाली र अन्तर्राष्ट्रिय यात्रुहरूले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउने भाइबरको विश्वास छ।

भाइबरको ट्राभल एजेन्सीसँगको सहकार्यले सस्तो टिकट्स च्याटबट मार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराएको छ। यो प्लेटफर्मले लागत–प्रभावी उडान विकल्पहरू मात्र प्रदान गर्दैन, बरू अन्य धेरै आकर्षक लाभहरू पनि ल्याउँछ, जस्तैः

बम्पर अफरः
उडान र आवासको पूर्ण सुविधा सहित दुईजनाको लागि थाइल्याण्डको यात्रा।

दुई–तर्फी आन्तरिक उडान टिकटहरूः
१५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू दिइने विशेष अफर।

पोखरा आवासमा १५% छुटः
पोखराका उत्कृष्ट होटल र रिसोर्टहरूमा बस्ने रूम स्टेमा १५५ छुटको साथ शानदार आराम।

माउन्टेन फ्लाइटहरूः
पाँचजना थ्रिल चाहनेहरू र हरेकका एक एक साथीले चार्टर्ड उडान मार्फत् हिमाल र त्यसका सुन्दर परिदृश्यहरूको रोमान्चक अनुभूति लिन सक्छन् ।

भरपुर मनोरञ्जनः
प्रयोगकर्ताहरूले यस नयाँ क्षितिजमा थप यात्रा–सम्बन्धि सुविधाहरूको साथ बटभित्र क्विज़ खण्ड लगायत अन्य अन्तरक्रियात्मक गतिविधिहरूमा संलग्न हुन सक्छन्।

“राकुटेन भाइबरसँगको हाम्रो नयाँ सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको छ र हामी नेपालभित्रको अन्वेषणलाई पहिलेभन्दा बढी फराकिलो, पहुँचयोग्य र रोमाञ्चक बनाउन आतुर छौं।” सस्तो टिकट्सका संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहालको भनाई छ।

राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले थप्छन्, “हाम्रो मिशन सधैं हाम्रा प्रयोगकर्ताहरूको अनुभव बढाउनु हो र हामीले हाम्रा अघिल्ला प्रयासहरूद्वारा यसलाई प्रमाणित पनि गरेका छौं। सस्तो टिकट्स सँगको यो नयाँ साझेदारीले स्थानीय पर्यटनलाई साथ दिँदै लक्ष्यप्रतिको हाम्रो समर्पणलाई अझ सशक्त बनाउँछ।”

सस्तो टिकट्स च्याटबटको सुरुवातसँगै राकुटेन भाइबरले सबै नेपाली यात्रुहरूलाई यात्राको सुविधा र आनन्दको नयाँ युगको अनुभव गर्न आमन्त्रित गरेको छ। सस्तो टिकट्स च्याटबट अगस्ट २९, २०२३ मा लन्च गर्न तय गरिएको छ। प्रयोगकर्ताहरूले भाइबरमा सजिलै सस्तो टिकट्स सर्च गरी च्याटबट जोइन गर्न सक्नेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

Techie IT