Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालआज गाईजात्रा मनाइँदै

आज गाईजात्रा मनाइँदै


काठमाडौँ । काठमाडौँ उपत्यका र अन्य विभिन्न स्थानमा मनाउँदै आएको सांस्कृतिक पर्व गाईजात्रा पनि यस वर्ष बिहीबार नै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि भक्तपुरमा भने बुधबार नै जनै पूर्णिमा र गाईजात्रा मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो ।

गाईजात्रा र जनैपूर्णिमा एकै दिन परेकाले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो । भक्तपुरमा तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन चाडपर्व मनाइन्छ । सोही दिन सर्वसाधारणले पनि मनाउने प्रचलन छ ।

मल्लकालीन समयमा काठमाडौँमा राजा प्रताप मल्लले यो जात्रा चलाउन लगाएको इतिहासमा उल्लेख पाइन्छ । पुत्र वियोगमा परेकी रानीको मन बुझाउनका लागि राजाले सहरमा वर्ष दिनभित्र निधन भएका व्यक्तिहरूको परिवारबाट जात्रा निकाल्न लगाएको इतिहासमा उल्लेख गरेको पाइन्छ ।

विशेष गरी नेवार समुदायले यो पर्व मनाउने गरे पनि काठमाडौँ उपत्यका वरपरका गाउँबस्तीले पनि आफ्ना दिवङ्गत आत्माको शान्तिका लागि भन्दै घर घरबाट गाई वा गाईका बाच्छाबाच्छीलाई नजिकको मन्दिर परिव्रmमा गराउने, केटाकेटीलाई विभिन्न रूपमा सिँगारेर हिँडाउने चलन पनि रहेको छ । नेवारी भाषामा यो पर्वलाई सापारू भनिन्छ । ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ । विशेष गरी भक्तपुरमा यो पर्व आठ दिनसम्म मनाइने गरेको पाइन्छ ।

यो पर्वमा विभिन्न डबली तथा चोकमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रस्तुति दिने परम्परा रहेको छ । विगतदेखि नै गाईजाात्राको दिन सरकार वा उच्चपदस्त व्यक्तिहरूलाई व्यङ्ग गरेर प्रहसन गर्ने चलन रहेको छ । यस्तो परम्परा भने अहिले विभिन्न स्टेज र मिडियामार्फत हुन थालेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार भोजपुर

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

Techie IT