Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिविप्लव नेतृत्वको नेकपाद्वारा एमसीसीको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा

विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसीको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा


काठमाडौँ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी)को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ। जसमा गोष्ठी र मार्चपास अभियान रहेका छन्।

बैठकले काठमाडौँको लप्सेफेदीबाट धादिड, नुवाकोट, मकवानपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा अन्तरक्रिया र गोष्ठी हुनेछन्। यी कार्यक्रम भदौ १९ देखि २३ सम्म हुनेछन्। असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान चलाउने पनि बैठकले निर्णय गरेको छ।

गोष्ठीको कार्यक्रम सकिएपछि असोज १ देखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरु गर्ने नेता अनिल शर्माले जानकारी दिए। त्यसमा सामना सांस्कृतिक परिवार र कलाकार माइला लामासहितको टोली पनि सहभागी हुनेछ।

त्यसपछि फेरि स्थायी कमिटीको बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने नेता शर्माले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

Techie IT