Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यर्‍यान्डमले मनायो पुस्तक आदानप्रदानसहित पुस्तकालय दिवस

र्‍यान्डमले मनायो पुस्तक आदानप्रदानसहित पुस्तकालय दिवस


पोखरा। र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर १६ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ। शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ५० जनाले एकआपसमा पुस्तक साटासाट गरेका थिए।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका सदस्य खिम लामिछाने ‘काजी’ले पुस्तकालय दिवसको महत्त्वमाथि प्रकाश पारेका थिए। पुस्तक आदानप्रदानको सुरुवात संस्थापक गनेस पौडेलले गरेका थिए।

यसै बिच नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई निवर्तमान अध्यक्ष केशवशरण लामिछाने र संस्थापक गनेस पौडेलल पदस्थापन गराएका थिए। समितिका अध्यक्षमा रुपिन्द्र प्रभावी, उपाध्यक्ष गौरी तमु र अनुपमणि अधिकारी, सचिव नेपालप्रकाश अधिकारी, कोषाध्यक्ष ध्रव केसी र सहसचिव दीपक पराजुली रहेका छन्। सदस्यहरूमा बाबुराम सुवेदी, बाबुराम सुवेदी, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, अमृत सुवेदी, दुर्गा राना, एलिसा विक, रत्नाकुमारी विश्वकर्मा र खिम लामिछाने ञकाजीझ रहेका छन्। समितिको सल्लाहकारमा गनेस पौडेल, उपेन्द्र पौडेल र केशवशरण लामिछाने छन् भने पुस्तक छनोट समितिमा केशवशरण लामिछानेको संयोजकत्वमा विजय भण्डारी र हसिना बस्नेत रहेका छन्

सोसाइटीले पुस्तक दिवस र पुस्तकालय दिवसमा पुस्तक आदानप्रदानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। आफ्नो पहिलो मासिक नियमित कार्यक्रम आगामी भदौ ३० गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ माथि परिचर्चा गर्ने सोसाइटीले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT