Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजेलमा रहेका खानलाई वकिलसँग भेट्न दिइएन

जेलमा रहेका खानलाई वकिलसँग भेट्न दिइएन


एजेन्सी । पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का प्रमुख इमरान खानका वकिलहरूलाई प्रहरीले उनलाई अट्टक जेलमा भेट्न अनुमति नदिएको एआरवाई न्यूजले जनाएको छ । पिटिआईका अनुसार वकिल शीराज अहमद रान्झा र गोहर अलीलाई प्रहरीले नेता खानलाई भेट्नबाट रोकेको हो ।

कानुन व्यवसायी गोहर अलीले पत्रकारहरूलाई जानकारी दिएअनुसार अदालतको आदेशको बाबजुद पूर्वप्रधानमन्त्रीसँग भेट गर्न नदिइएको हो । अदालतले नेता खान र उनका छोराहरूबीच टेलिफोनमा कुराकानी गर्न दिएको अनुमतिको पनि जेलका अधिकारीहरूले अवज्ञा गरेका उनले बताएका छन् ।

इस्लामावाद उच्च अदालतले मङ्गलबार नेता खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो तर गोप्य सरकारी दस्तावेज सार्वजनिक गरेको अभियोगमा उनलाई जेलबाट मुक्त गर्नुअगावै न्यायिक हिरासतमा राख्न विशेष अदालतले आदेश दिएको थियो ।

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी झमेलामा फसेका छन् । उनीविरुद्ध दुई सय वटा मुद्दा लगाइएका छन् । नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षडयन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् ।

औपनिवेशिक युगको गोप्य कानुनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न विशेष अदालतले आदेश दिएको थियो । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए । भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मङ्गलबार नै उल्ट्याइएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT