Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालअपडेटः पेप्सीकोलामा भएको दुर्घटनामा दुई जनाको मृत्यु

अपडेटः पेप्सीकोलामा भएको दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौँ। काठमाडौँको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी जवानको मृत्यु भएको हो। दुर्घटनामा सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल)मा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो।

योसँगै उक्त दुर्घटनामा मृत्यु भएकाको संख्या २ पुगेको छ। यसअघि दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भइसकेको छ।

यस्तै दुर्घटनामा घाइते सशस्त्र प्रहरीकै जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान साढे ७ बजे बा ३ ख ४१४८ नम्बरको बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बा ६ च ५३४२ नम्बरको पिकअप, बा. प्र. ०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा. प्र–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई एकसाथ ठक्कर दिएको हो। दुर्घटनामा अन्य तीन जना पनि घाइते भएका छन्।

दुर्घटनामा दोलखा भीमेश्वर नगरपालिका घर भई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती, उदयपुर गाईघाट घर भई हाल काँडाघारी बस्ने वर्ष २३ की कल्पना विक र मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा सामान्य घाइते भएका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT