Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालक्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा रु ३४ लाख डुब्यो

क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा रु ३४ लाख डुब्यो


काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

कार्यालका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरु ठूलो रकम गुमाउन पुगेका हुन् ।

अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत रु पाँच लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो । “क्यानडा जानका लागि प्रोसेसका लागि आइएलटिएस सर्टिफिकेट र सिभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरु पठाइदिनुहोस् भनी पटक–पटक ह्वाट्सएपबाट माग गरेको पाइयो, त्यसपछि पीडितले कागजात पठाएका थिए,” प्रहरी उपरीक्षक रेग्मीले भने, “उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेको बैंक खातामा पैसा हाल्न लगााएको भेटियो ।”

पीडितलाई त्यसरी लोभ्याएर पटक(पटक गरी जम्मा रु ३४ लाख ५७ हजार पठाउन लगाई ठगी गरेपछि उनीहरु सम्पर्कविहीन भएको भनी जाहेरी परेको थियो र सोही जाहेरीका आधारमा टोली परिचालन गरी खोजी थालिएको थियो ।

यसरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा सङ्लग्न पाइएपछि जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका(६ बस्ने ३० वर्षीय लक्ष्मण नेपाली र जिल्ला सप्तरी राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीरप्रसाद साहलाई पक्राउ गरी कानुनी कारबाही सुरु भएको पनि उनले बताए ।

प्रहरीले क्रिप्टो कारोबारमा सङलग्न एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढानीलकण्ठ पासिकोट बस्ने पुरुषोत्तम कार्की छन् । उनीविरुद्ध नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

हेटौँडामा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा १

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत

प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने

Techie IT