Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालचार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउँदै छौंः कुलमान घिसिङ

चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउँदै छौंः कुलमान घिसिङ


काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक तयारी भइरहेको बताएका छन्।

बुधबार देशभर निर्माण भई सञ्चालनमा आएका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गर्दै उनले, निजी क्षेत्रको सहभागिताका लागि नीति नै संशोधनको तयारी भइरहेको बताएका हुन्।

उनले भने, ‘देशैभरि कुनै पनि ठाउँमा अभाव नहुने गरी बनाउने हिसाबले निजी क्षेत्रलाई ल्याउन नीति संशोधन गर्न मन्त्री र सचिवसँग छलफल भएर बोर्डले निजी क्षेत्रलाई एकदमै सहज रूपमा आउनको लागि नीति संशोधन गर्दै छ। प्राइभेट सेक्टर यहाँ आउनुपर्छ। निजी क्षेत्रको सहभागिता एकदम ठूलो हुनुपर्छ।’

घिसिङले निजी क्षेत्रले जमिन र चार्जिङ स्टेसन मात्रै निर्माण गरे पनि बाँकी पक्षमा प्राधिकरणले सहयोग गर्ने जानकारी दिए।

आज उद्घाटन गरिएका ५१ वटा चार्जिङ स्टेसन दुई वर्ष अगाडि निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन्। आज सरकार र साझेदारले औपचारिक रूपमा संयुक्त उद्घाटन गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT