गृहपृष्ठ ∕ नेपाल ∕ कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तनकक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन नेपालीपत्र बुधबार, २०८० भदौ २० गते, १४:०१ मा प्रकाशित नेपाल काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११–१२)ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ।कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिवार र ७ गते आइतवार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ९ गते मङगलवार र १० गते बुधवार हुने जनाएको हो। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा जनाइएको छ।विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी छ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्न पनि जनाइएको छ।यसैगरी त्यस अवधिभित्र रकम जम्मा गर्न छुटेका विद्यार्थीले यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी एक हजार दुई सय रुपैयाँ बुझाइ सम्बन्धित विद्यालयमार्फत् भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ। #कक्षा १२ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनीकाठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रहस्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेलासुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास ६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमणकाठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइतेताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदाधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ५ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ६ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै ७ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्डThe Film Nepal