Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालशरणार्थी प्रकरणमा खाण, रायमाझीसहितको मुद्दामा उच्च अदालतमा सुनुवाई हुँदै

शरणार्थी प्रकरणमा खाण, रायमाझीसहितको मुद्दामा उच्च अदालतमा सुनुवाई हुँदै


काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको मुद्दामा उच्च अदालत पाटनमा आज सुनुवाई हुने भएको छ। आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै दिएको रिटमा सुनुवाई हुने भएको हो।

न्यायाधीसद्वय सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजालसमा यो मुद्दा आज पेशीमा चढेको छ।

जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका निलिम्बत सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत २० जना उच्च अदालत पुगेका हुन्।

थुनामा रहेकाहरु अलग अलग रुपमा निर्णय सच्चाई तारिखमा रिहा गर्न माग गदै उच्च अदालत पाटन पुगेपछि उच्च अदालत पाटनले निलम्बित सचिव टेकनारायण पाण्डेसहितको निवेदनमा सुनुवाइ गर्दै यो प्रकरणसँग जोडिएका सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने साउन ३२ मा आदेश दिएको थियो। त्यसवेला न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा कानुन व्यवसायीले बहस गरेपछि यस्तो आदेश दिएका थिए।

त्यसपछि उच्च अदालत पाटन पुगेका यो प्रकरणमा थुनामा रहेका २० जनाको मुद्दा नै एकै ठाँउमा राखेर सुनुवाई हुन लागेको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT