Techie IT
२०८३ असोज ४, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकलाकार सिटौला ‘मायावी’मा अनुवन्धित

कलाकार सिटौला ‘मायावी’मा अनुवन्धित


काठमाडौँ। कलाकार सुशिल सिटौला निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुवन्धित भएका छन्।

निर्देशक भट्टराइले फिल्ममा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिए। सुशिलले यस अघि अभिनय गरेका होस्टेल रिटन्र्स, गाजा बाजा, रणवीर, जुलेबी, एैँचो पैँचोबाट आप्नो कामको निकै प्रशंसा पाएका थिए।

निर्देशक भट्टराइले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार फिल्म निर्माणको घोषणा गरेका थिए।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ। फिल्ममा यसअघि अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाई मुख्य कलाकारको रुपमा फाइनल भैसकेका छन्। पल शाहले करिब २ बर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन्। नायिका प्रसाँइले भने ‘ऐश्वर्य’मा दिवाकरसँग काम गरिसकेकी छिन्।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माणपक्षले बताएको छ। फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ। फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ। फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए। पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ।

दिवाकरले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

Techie IT