Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसमाजवादी मोर्चाको सन्देशसभाको ब्यानरमा प्रदेशको नाम उल्लेख भएन

समाजवादी मोर्चाको सन्देशसभाको ब्यानरमा प्रदेशको नाम उल्लेख भएन


विराटनगर। समाजवादी मोर्चाले आज सोमबार कोसी प्रदेशको विराटनगरमा सन्देशसभा आयोजना गरेको छ। सो कार्यक्रमको ब्यानरमा प्रदेशको नाम उल्लेख भएको छैन।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी कार्यक्रमको ब्यानरमा भने प्रदेशको नाम उल्लेख छैन। त्यस्तै, सो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सहभागी छन्। कार्यक्रमको ब्यानरमा समाजवादी मोर्चा प्रदेश समिति मात्र उल्लेख गरिएको छ।

तत्कालीन प्रदेश नं १ प्रदेससभाबाट फागुन १७ गते प्रदेशको नाम पारित गराउँदा प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादी केन्द्रले समेत पक्षमा मतदान गरेको थियो। तर, जसपा एकीकृत समाजवादी पहिचानको मागसहित विपक्षमा थिए।

मोर्चामा रहेका जसपा, एकीकृत समाजवादी, माओवादीका नेताहरुले ब्यानरमा कोसी लेख्ने वा नलेख्ने विषयमा मतान्तर भएपछि प्रदेश समिति मात्र लेखिएको आयोजकले जनाएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

Techie IT