गृहपृष्ठ ∕
नेपाल ∕
प्रतिबद्धता पूरा नगरे भदौ २९ गतेदेखि सत्याग्रह गर्ने डा. गोविन्द केसीको घोषणा प्रतिबद्धता पूरा नगरे भदौ २९ गतेदेखि सत्याग्रह गर्ने डा. गोविन्द केसीको घोषणा
काठमाडौँ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसँग प्रतिबद्धता पूरा नगरे भदौ गतेबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै केसीले भदौ २९ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।
‘हामीले विभिन्न मागहरू राखेर यही साउन २९ गतेबाट सत्याग्रह सुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरू आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘ती प्रतिबद्धताहरू कार्यान्वयन नभए यही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउँछौँ।’
उनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झाको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन्। सरकारले आयोगमा निवर्तमान उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई पुनः नियुक्ति नदिएर दण्डित गरेको भन्दै केसीले यसले चिकित्सा शिक्षा सुधारमा असर पर्ने बताएका हुन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका
चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा
काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार
भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न
काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर
काठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन