Techie IT
२०८१ वैशाख १९, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबेलारुसका राष्ट्रपतिलाई विष दिइएको आशंका, पुटिनसँग भेटपछि स्वास्थ्य बिग्रियो, अस्पताल भर्ना

बेलारुसका राष्ट्रपतिलाई विष दिइएको आशंका, पुटिनसँग भेटपछि स्वास्थ्य बिग्रियो, अस्पताल भर्ना


एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको स्वास्थ्य अचानक बिग्रिएको छ ।

हतारमा उनलाई मस्कोको अस्पतालमा भर्ना गरिएको छ ।

जहाँ उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

बेलारुसका विपक्षी नेता भ्यालेरी सेपल्कोले यो जानकारी दिएका हुन् ।

लुकासेन्कोलाई पुटिनको नजिकका नेताहरूमा गनिन्छ र उनले युक्रेनमा भएको आक्रमणलाई पनि समर्थन गरेका थिए।

भ्यालेरीले ट्वीटर मार्फत जानकारी दिँदै लुकासेन्कोले पुटिनसँग बन्द ढोका भेट गरेको बताए ।

भेटपछि उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

त्यसपछि उनलाई मस्कोको सेन्ट्रल क्लिनिकल अस्पतालमा भर्ना गरिएको छ ।

हाल, लुकासेन्को डाक्टरहरूको निगरानीमा छन्। पुटिनसँगको भेटपछि लुकासेन्कोको स्वास्थ्य अचानक बिग्रिएपछि विषाक्तताको सम्भावना पनि व्यक्त गरिएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

Techie IT