काठमाडौँ। मलेसियामा आयोजना हुने एसीसी यू– १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपालले प्रारम्भिक टोलीको घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो। मलेसियाले आगामी अक्टोबर १२ देखि २४ तारिखसम्म प्रिमियर कप आयोजना गर्दैछ। प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ।
प्रतियोगिताका लागि नेपाल समूह ‘ए’ मा रहेको छ। यस समूहमा बहराइन, साउदी अरेविया र इरान पनि रहेका छन्। समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन रहेका छन् भने समुह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, आयोजक मलेसिया, जापान र इन्डोनेसिया रहेका छन्।
नेपालको प्रारम्भिक टोलीः
- १. आकाश त्रिपाठी
 - २. अर्जुन कुमाल
 - ३. दिपक बोहरा
 - ४. दीपक बोहरा
 - ५. उत्तम थापा मगर
 - ६. दिपक डुम्ब्रे
 - ७. दिपेश कँडेल
 - ८. हेमन्त धामी
 - ९. दुर्गेश गुप्ता
 - १०. आकाश चन्द
 - ११. देव खनाल
 - १२. सुभाष भण्डारी
 - १३. विशाल केसी
 - १४. मिलन बोहरा
 - १५. प्रज्वल थापा
 - १६. तुलबहादुर थापा
 - १७. निर्मल गुरुङ
 - १८. राजेश यादव
 - १९. विपिन रावल
 - २०. उनिश सिंह ठकुरी
 - २१. अशोक पौडेल
 - २२. अभिनाश तिवारी
 - २३. नरेन भट्ट
 - २४. निरज यादव