Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलच्याम्पियन्स लिगः म्यानचेस्टर सिटीले रियल मड्रिडलाई पराजित गर्न सक्ला त ?

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीले रियल मड्रिडलाई पराजित गर्न सक्ला त ?


एजेन्सी । आज राति च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । गएको सिजन म्यानचेस्टर सिटीलाई रियल मड्रिडले पाखा लगाएको थियो ।

 

गएको सिजन गरेको गल्ती यस सिजन नदोहोराउने रणनीतिमा म्यानचेस्टर सिटी रहेको छ । रियलको घरेलु मैदानमा हुने खेलमा म्यानचेस्टर सिटी सकारात्मक नतिजा निकाल्ने दाउमा रहेको छ ।

 

यस सिजन उच्च फर्ममा रहेको म्यानचेस्टर सिटीले तीन वटा उपाधि जित्ने अपेक्षा गरिरहेको छ ।

 

तर, रियल मड्रिडको च्याम्पियन्स लिगको इतिहास निकै बलियो रहेको छ । गएको सिजन लिभरपुललाई पराजित गर्दै उपाधि जितेको रियल यस सिजन पनि उपाधि जित्ने दाउमा रहेको छ ।

 

फाइनलको यात्रा तय गर्न रियलले यसपटक उच्च फर्ममा रहेका स्टार खेलाडी इर्लिङ हाल्याण्डलाई रोक्न कठिन हुनेछ ।

 

प्रशिक्षक पेप ग्वार्डिवालाले यस सिजन म्यानसिटी हालसम्मकै बलियो टिमका रुपमा रहेको बताएका छन् । रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्नो टिम म्यानसिटीलाई रोक्न र आफ्नो पक्षमा नतिजा निकाल्न सक्षम रहेको बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल प्रतिस्पर्धा हुँदै

काठमाडौँ । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ

लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी– २० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनीले

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा

Techie IT