Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपार्टीलाई कार्ययोजना र कार्यतालिका अनुरुप नै चलाउनुपर्ने शेखर कोइराला पक्षको निष्कर्ष

पार्टीलाई कार्ययोजना र कार्यतालिका अनुरुप नै चलाउनुपर्ने शेखर कोइराला पक्षको निष्कर्ष


काठमाडौँ। नेपाली कांग्रेसको डा. शेखर कोईराला समूहले पार्टीलाई अघिल्लो केन्द्रिय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप नै चलाउनुपर्नेमा जोड दिएको छ।

मंगलवार बालुवाटारमा बसेको डा. कोईराला पक्षधर नेताहरुको बैठकले पार्टीलाई अघिल्लो केन्द्रिय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप चलाउनुपर्नेमा जोड दिएको हो।

कांग्रेसको असोज ४ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकमा आफ्नो समूहका तर्फबाट एजेण्डा तय गर्न बसेको बैठकले कार्यतालिका अनुसार सांगठनिक गतिविधि भए÷नभएको समिक्षा गर्दै सो तालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता दिलेन्द्रप्रसाद बडूले असोज ४ गतेदेखि हुने पार्टीको केन्द्रिय समिति बैठकको एजेण्डाको विषयमा छलफल केन्द्रित भएको बताए।

आगामी दिनमा हुने पार्टीको नीति अधिवेशनलाई व्यवस्थित गर्नका लागि गर्नुपर्ने तयारीको सम्बन्धमा पनि छलफल भएको नेता बडूले जानकारी दिए। उनले पार्टीको आगामी १५ औँ महाधिवेशनको तयारीको सम्बन्धमा पनि छलफल भएको बताए।

बैठकमा डा. शेखर कोईरला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेता मिनेन्द्र रिजाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभाव

नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

Techie IT