Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजापानी वाणिज्य दूतावासका अधिकारीकी श्रीमतीको ब्याग चोरी भएपछि…

जापानी वाणिज्य दूतावासका अधिकारीकी श्रीमतीको ब्याग चोरी भएपछि…


एजेन्सी । भारतको मुम्बईस्थित जापानी वाणिज्य दूतावासका एकजना वरिष्ठ अधिकारीकी श्रीमतीलाई मंगलबार साँझ एक चोरले निशाना बनाए ।

उनको ११ हजार नगद, परिचयपत्र र कागजपत्रसहितको झोला चोरी हुन पुग्यो ।

मालाबार हिल्स निवासी ५२ वर्षीया श्रीमती भारतीय संस्कृतिको अनुभव गर्न र गणपति जुलुस हेर्न श्रीमानसँग दक्षिण मुम्बईको हर्निमन सर्कल जाँदै गर्दा यो घटना भएको हो।

पीडितको उजुरीको आधारमा मुम्बई पुलिसले कारबाही गर्‍यो र सीसीटीभी क्यामेराको सुरागको आधारमा आरोपीलाई पाँच घण्टाभित्रै पत्ता लगाएर पक्राउ गर्न सफल भयो।

मिडिया रिपोर्टका अनुसार २६ वर्षीय आरोपी मोहम्मद अरबाज अब्दुल सत्तार सिद्दीकी ड्राइभरको रूपमा काम गर्छन् र स्यामुएल स्ट्रिट, पाइधोनीका निवासी हुन्।

जापानी वाणिज्य दूतावासका अधिकारीकी पत्नी ताज वेलिंग्टन मेउज गएकी थिइन् र पछि बुधबार साँझ ७ः४५ बजे गणपतिको जात्रा हेर्न हर्निमन सर्कलतर्फ गएकी थिइन् ।

त्यही क्रममा स्कुटरमा सवार एक चोर आएर उनको झोला तानेका थिए ।

प्रहरीका अनुसार झोलामा ११ हजार रुपैयाँ नगद, परिचयपत्र र कागजपत्र रहेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT