Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाधव नेपालको प्रश्नः माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले पूरा गर्न सक्छ?

माधव नेपालको प्रश्नः माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले पूरा गर्न सक्छ?


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिइएको विषयमा प्रश्न उठाएका छन्। शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायीको महासंघको महाधिवेशनमा उनले स्थानीय तहलाई दिँदा शिक्षण संस्थाको उन्नति र प्रगति भन्दा पनि त्यसलाई कसरी उपयोग गर्नेमा मात्रै सीमित रहने अवस्था बन्न सक्ने बताए।

‘शिक्षकहरू आन्दोलनमा किन उत्रिएका छन् भने माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले पूरा गर्न सक्छ?’ नेता नेपालले भने, ‘उसले आफ्ना मान्छेलाई कसरी भर्ना गर्ने, नजिकका मान्छेले पढोस् नपढोस्, पढाओस्, नपढाओस्। कसैले त्यहाँ भर्ना गर्ने। शिक्षण संस्थाको उन्नती र प्रगति भन्दा पनि त्यसलाई कसरी उपयोग गर्नेमा मात्रै सीमित रहने कुराहरू पनि सोच्न सक्ने स्थिति बन्छ। त्यसो हुनाले पनि प्रश्न उठेको छ।’

उनले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि तत्काल संविधान संशोधन हुने वातावरण नभएको पनि बताए।

उनले दलहरूमा सत्ताबाट बाहिरिपरेको र सत्तामै टिकिरहने चिन्ता भएको सुनाए। उनले शिक्षकका जायज माग वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

काठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

शेयर बजार खासै घटबढ भएन

काठमाडौँ । शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

जीवनमा जबसम्म राम्रा कुराहरू लागू गरिँदैन तबसम्म सफलता मिल्दैन

एजेन्सी । राम्रो कुरा पढेर–सुनेर मात्रै लाभ मिल्दैन । यदि तपाईं जीवनमा सुख, शान्ति र सफलता चाहनुहुन्छ भने, जीवनमा राम्रो

सुहाङले अग्रता फराकिलो बनाउँदै लगे

काठमाडौँ । इलाम– २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार सुहाङले

Techie IT