Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनबलिउड अभिनेता साहिद कपुरले यो फिल्म ‘फ्रि’मा गरेका थिए

बलिउड अभिनेता साहिद कपुरले यो फिल्म ‘फ्रि’मा गरेका थिए


एजेन्सी । बलिउड अभिनेता शाहिद कपुरले फिल्ममा मात्रै नभई ओटीटीमा पनि उत्कृष्ट प्रोजेक्टमा काम गरेका छन् । पछिल्ला केही वर्षदेखि, शाहिद कपूरले आफ्नो अभिनय कौशल देखाउँदै आएका छन्। ठूला पर्दामा समेत शाहिद कपुरले विभिन्न किसिमका क्यारेक्टर खेलेका छन् । २००९ मा क्राइम ड्रामा कमिने पछि, शाहिद कपूरलाई कश्मीरमा आधारित फिल्म हैदर प्रस्ताव गरएको थियो । उक्त फिल्म विलियम शेक्सपियरको ह्यामलेटबाट प्र्रेरित थियो ।

यो फिल्ममा उनको मुख्य भूमिका थियो र दर्शकले उनको काम निकै रुचाएका थिए ।

यसबाहेक शाहिद कपूरले हैदरका लागि सर्वश्रेष्ठ अभिनेताको फिल्मफेयर अवार्ड पनि पाएका थिए। तर के तपाईलाई थाहा छ शाहिद कपुरले यो फिल्मको लागि कुनै शुल्क लिएका थिएनन् ।

यो कुरा शाहिदले एक अन्तर्वार्तामा खुलासा गरेका हुन् र यसको पछाडिको कारण पनि सबैलाई बताइसकेका छन् ।

शाहिद कपुरका अनुसार यो फिल्मलाई फ्रीमा गर्नुको पछाडि एउटा कारण थियो । अभिनेताका अनुसार निर्माताले उनलाई खर्च गर्न सकेनन् ।

फिल्म निकै प्रयोगात्मक विषय भएकाले शुल्क तिर्नुपर्ने भए बजेट स्वीकृत नहुने निर्माताले बताएका थिए । यो सफल हुन्छ भन्ने कल्पना पनि थिएन । तर, उनले यसलाई सित्तैमा गर्न राजी भए।

तर, त्यसपछि भने कुनै पनि फिल्म फ्रिमा गरेनन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

Techie IT