Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलआठ लाख राशिको बेलबारी गोल्डकप असोज २८ गतेदेखि हुने

आठ लाख राशिको बेलबारी गोल्डकप असोज २८ गतेदेखि हुने


मोरङ । डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी मार्गमा सो प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबले जनाएको छ ।

जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद रू आठ लाखसहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद पाँच लाख सहित ट्रफी साथै प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष बिक्रम वान्तवा राईले जानकारी दिए । उनले प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि अनुमानित रू ६२ लाख ९० हजार खर्च हुने र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको गोल्डकपका प्रचारप्रसार संयोजक नरेन्द्र बस्नेतले बताए । प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाडौँ, विग्रेड ब्वाइज क्लब काठमाडौँ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लब, विर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब र युकेएफसी भारत गरी आठ वटा टिम सहभागी हुने आयोजक क्लबका सचिव शम्भु बस्नेतले उल्लेख गरे ।

प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहने आयोजकले उल्लेख गरेको छ । बेलबारी गोल्डकपमा गत वर्ष एपीएफ काठमाडौँ विजेता तथा रारा फुटबल क्लब उपविजेता बनेको थियो । अन्तर्राष्ट्रियस्तरको गोल्डकपमा १६ हजार दर्शकको सहभागीता हुने आयोजकले जनाएको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT