गृहपृष्ठ ∕ खेल ∕ सिटीको शतप्रतिशत जितसिटीको शतप्रतिशत जित नेपालीपत्र आईतबार, २०८० असोज ७ गते, ०५:३१ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साविक विजेता म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति सम्पन्न खेलमा सिटीले नटिङहम फरेस्टलाई २–० गोलले पराजित गरेको हो ।घरेलु मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हालाण्डले एक–एक गोल गरे । दुबैले पहिलो हाफमा गोल गरेका हुन् । खेलको सातौं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।१४ औं मिनेटमा हालाण्डले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल हुन सकेन र सिटीले ३ अंक बटुल्यो । खेलको दोस्रो हाफमा भने सिटी १० खेलाडीमा समेटिएको थियो ।सिटीका रोड्री खेलको ४६ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सिटीको यो लगातार छैटौं जित हो । उसले शतप्रतिशत जित निकालेको छ ।६ खेलमा १८ अंकका साथ सिटी तालिकाको शीर्षस्थानमा छ । नटिङहम समान खेलबाट ७ अंकका साथ ११ औं स्थानमा छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन २ पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै ३ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ४ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ७ पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोThe Film Nepal