Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशीमा कार्कीले गरे मन्त्रिपरिषद् विस्तार र मन्त्रीहरूको जिम्मेवारी हेरफेर

कोशीमा कार्कीले गरे मन्त्रिपरिषद् विस्तार र मन्त्रीहरूको जिम्मेवारी हेरफेर


विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार र मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।

मुख्यमन्त्री कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थपेका छन्। योसँगै मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ।

मन्त्रिपरिषद्मा अब तीन राज्यमन्त्री र मुख्यमन्त्रीसहित ६ मन्त्री भएका छन्। यसअघि खानेपानीमन्त्री रहेका तिलकुमार मेन्याङ्बो स्वास्थ्यमन्त्री बनेका छन्। पाँच कर्ण राई पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन्।

एकराज कार्कीे भौतिक पूर्वाधार, लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री, बुद्धिकुमार भण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्रीमा नियुक्त भएका छन्। अधिकारी र राजभण्डारी नयाँ मन्त्री नियुक्त भएका हुन्।

रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री, सिर्जना राई सामाजिक विकास राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा बनेका छन्। उनीहरूको प्रदेश प्रमुख कार्यालयमा शपथ भएको छ।

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता कार्कीले असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ।

अन्य कुनै दलले समर्थन नदिएकाले उनले विश्वासको मत पाउने सम्भावना न्यून छ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको गठबन्धनले वर्तमान सरकारलाई साथ नदिने बताइसकेको छ। केन्द्रमा प्रतिपक्षमा रहेको र प्रदेशमा पनि एमालेसँगै रहेको राप्रपा पनि सरकारमा सहभागी भएको छैन। यसले कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ।

९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ मत आवश्यक छ। एमालेसँग ४० मत मात्रै छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘नेता र तिनका कार्यकर्ताले बनाए देश ‘ध्वस्त’’

राजनीति देश र जनताको सेवा हो । राजनीतिमा लाग्ने व्यक्ति त्यागी हुनुपर्छ । ऊ आफ्नो व्यक्तिगत स्वार्थ छोडेर देश र

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । ललितपुरको टिकाभैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन संचालनमा पूर्ण रुपमा बन्द भएको छ ।

सन सेक्युरिटिजको लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

काठमाडौँ । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो ४ बजेदेखि बैठक बस्ने सचिवालयले

वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

Techie IT