Techie IT
२०८२ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाल र चीनद्वारा १३ बुँदे संयुक्त वक्तव्य जारी

नेपाल र चीनद्वारा १३ बुँदे संयुक्त वक्तव्य जारी


काठमाडौँ। नेपाल र चीनले १३ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार भएको द्विपक्षीय औपचारिक वार्तापछि मंगलबार संयुक्त वक्तव्य जारी भएको हो।

दुई देशका प्रधानमन्त्रीबीच नेपाल–चीन सम्बन्धका विविध आयामबारे गहिरो छलफल भएको संयुक्त वक्तव्यमा उल्लेख छ। दुवै पक्ष नेपालले हस्ताक्षर गरेको चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्गतका परियोजना अघि बढाउन सहमत भएका छन्।

नेपालको आवश्यकताअनुसार अरनिको राजमार्गको चौथो चरण मर्मत सम्भार गर्न चिनियाँ पक्ष सहमत भएको छ। रसुवागढी–स्याप्रुवेशी सडक पनि नेपाली पक्षले साइट क्लियर गरेपछि चीनले मर्मत गरिदिने भएको छ।

दुवै पक्ष टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन सहमत भएका छन्। चक्रपथ विस्तारको दोस्रो चरणको कामको पनि गत बढाउन कुरा संयुक्त वक्तव्यमा उल्लेख छ।

केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमा दुवै पक्षले सन्तुष्टि जनाउँदै नेपाल–चीन रेलवे सहकार्यका लागि जति सक्यो चाँडो आठौँ बैठक बस्न सहमत भएका छन्। नेपालका रेलवे कर्मचारीलाई तालिम दिन चीन तयार भएको छ।

दुवै पक्षले ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युतको क्षेत्रमा मिलेर काम गर्ने बताएका छन्। नेपालले युगौँ लामो मित्रताको प्रतीक स्वरूप चीनलाई एक जोडी एकसिङे गैँडा उपहार दिने भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT