गृहपृष्ठ ∕ नेपाल ∕ पत्रकार धामीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको मागपत्रकार धामीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग नेपालीपत्र मंगलबार, २०८० असोज ९ गते, १५:०८ मा प्रकाशित नेपाल काठमाडौँ। पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गरी घाइते बनाउनेहरूलाई कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघले माग गरेको छ।आपराधिक मनसायले पत्रकारमाथि आक्रमण गर्नेको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायको महासंघले ध्यानाकर्षण गराएको हो।असोज ८ गते सोमबार दिउँसो ४ः०० बजे खाजा खाएर ललितपुरको बखुन्डोलस्थित रातोपाटी डटकम अनलाइनमा कार्यरत धामीलाई कार्यालय फर्कँदै गर्दा ५÷६ जनाको समूहमा आएका व्यक्तिहरूले सांघातिक आक्रमण गर्दा पत्रकार धामीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागी पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भएको गरिएको थियो।‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो। दिनदहाडै भएको यो घटनाले प्रेसको सुरक्षा स्थिति चुनौतीपूर्ण देखिएको महासंघको निष्कर्ष छ,’ सचिव गोविन्दप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ। #कृष्णसिंह धामी #नेपाल पत्रकार महासंघग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभावकाठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्युपाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदाकञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधाम्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेजएजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुनेधेरै पढिएका खबर १ अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा २ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो ३ ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा ४ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ५ शङ्कर पोखरेल बेलायतमा ६ पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर ७ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधाThe Film Nepal