Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले बागमती अधिवेशनः उम्मेदवारी मनोनयन प्रक्रिया सुरु

एमाले बागमती अधिवेशनः उम्मेदवारी मनोनयन प्रक्रिया सुरु


काठमाडौँ। नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयाससँगै उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा भएको निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा केही घन्टा ढिलो गरी मतदाता नामावली प्रकाशन गरिएको हो।

बन्दसत्रका अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले अध्यक्षका सम्भावित उम्मेदवारसँग सहमतिको प्रयासका लागि अध्यक्ष मण्डलले एक चरण छलफल गरेको जनाउँदै अपराह्न २ बजे उम्मेदवारीको मनोनयन दर्ता कार्यक्रम राखिएको र सो पश्चात पनि सहमतिको पहल हुने बताए।

छलफलमा अध्यक्षका आकाङ्क्षी केशवराज पाण्डे, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल र सानुकुमार श्रेष्ठ सहभागी थिए।

अध्यक्ष मण्डलका अर्का सदस्य आनन्दप्रसाद पोखरेलले उम्मेदवारको आधिकारिक मनोनयन भइसकेपछि सहमति हुने वा नहुने निधो लाग्ने बताए।

यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो।

बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रन्ता गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा…

नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT