Techie IT
२०८१ जेठ ८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलएसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो

एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो


काठमाडौँ । नेपालको पब्जी टोली १९औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ । नेपाली समयानुसार आज बिहान भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न सकेन ।

यद्यपि, नेपालले समूहमा जापानलाई पछि पार्यो । यो समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेई शीर्ष दुईमा रहेर फाइनलमा पुगेका छन् ।

नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउण्ड सकेको थियो । जापानले ५४ मिनेट ४२ सेकेन्ड समय लगायो । कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेईले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो ।

चार–चार टिममध्ये समूहका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल चरणमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीन टिमलाई मेडल प्रदान गरिनेछ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैंकक जाँदै

काठमाडौँ । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि थाइल्यान्डको बैंकक जाने भएको

आज भलिबल दिवस

काठमाडौँ । आज जेठ ८ गते, भलिबल दिवस । नेपाल भलिबल सङ्घले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस

आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीलाई कीर्तिमानी लिग उपाधि

काठमाडौँ । इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१

काठमाडौँ महानगरपालिकाले जित्यो खुला मेयर कप फुटबल खेलको विजेता

काठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका

सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे

काठमाडौँ । भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियोमार्फत सुनीलले

दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परे

काठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् ।

Techie IT