Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘यो भ्रमणले अन्तर्राष्ट्रिय मन्चहरुमा नेपालको बलियो उपस्थिति बढाएको छ’

‘यो भ्रमणले अन्तर्राष्ट्रिय मन्चहरुमा नेपालको बलियो उपस्थिति बढाएको छ’


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणले नेपाल र चीन बीच विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रही आएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग संवाद गर्दै भ्रमणबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले भ्रमणका दौरान चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताए ।

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सि जिनफिङले गरेको भ्रमणपछि नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण भएको बताए ।

कोभिड–१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा भ्रमणहरु नभएरहेको सम्दर्भमा आफ्नो भ्रमणले दुई देशका बिचमा प्रगाढ सम्बन्ध निर्माण गर्न मद्दत पुगेको आफूले विश्वास लिएको बताए ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको पनि जानकारी दिए ।

यस्तो छ प्रधानमन्त्रीको वक्तव्य




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाली नागरिकका लागि चीनले भिसा शुल्क नलिने

काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली

शंखमूलस्थित एक ग्यारेजमा आगलागी

काठमाडौँ । काठमाडौँको शंखमूलस्थित एक ग्यारेजमा आइतबार आगलागी भएको छ । ग्यारेजबाट सुरु भएको आगलागी सँगै जोडिएका अरू टहरामा समेत

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन

जापानी परराष्ट्रमन्त्री वैशाख २३ गते नेपाल आउने

काठमाडौं । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउने भएको छ । जापानको विदेश

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय

आजबाट सुरु हुने लगानी सम्मेलनमा १ हजार ६ सय जनाको…

काठमाडौँ । आजबाट शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ सय

Techie IT