Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोध

उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोध


एजेन्सी । उत्तर कोरिया र रूसबीचको सम्बन्धप्रति अमेरिकाले गरेको शत्रुतापूर्ण अभिव्यक्ति गलत भएको प्योङयाङले जनाएको छ ।

आइतबार उत्तर कोरियाका उपविदेशमन्त्री इम चोन इलले जारी गरेको प्रेस विज्ञप्तिमा अमेरिकाको आलोचना गरेको कोरियाली केन्द्रीय समाचार संस्थाले उद्धृत गरेको छ ।

उत्तर कोरियाका उपविदेशमन्त्री इलले उत्तर कोरिया र रूसबीचको सम्बन्धको विकासप्रति अमेरिकाको शत्रुता र दुई देशबीचको द्विपक्षीय सहयोगले विश्व शान्ति र सुरक्षाका लागि खतरा उत्पन्न गरेको भन्दै आलोचना गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, “शीतयुद्ध शैलीको मुठभेडको तर्कमा आधारित अमेरिकी आधिपत्यमुखी सोचको ज्वलन्त अभिव्यक्ति अमेरिकी वक्तव्यबाजी हो ।”

उक्त वक्तव्यमा अमेरिका–जापान–दक्षिण कोरिया त्रिपक्षीय सैन्य गठबन्धन र नेटोको निन्दा गर्दै दुवैलाई ‘संयुक्त राष्ट्रसङ्घको बडापत्रको उद्देश्य र सिद्धान्तका आधारमा अन्तर्राष्ट्रिय व्यवस्थालाई खतरामा पार्ने र विश्व शान्ति र सुरक्षाका लागि गम्भीर खतरा खडा गर्ने क्यान्सरजस्ता संस्था’ को संज्ञा दिइएको छ ।

“उत्तर कोरियाले रुस र अन्य स्वतन्त्र सार्वभौम राष्ट्रहरूसँग मित्रता र सहयोगको परम्परागत सम्बन्धलाई थप विकसित गर्नेछ, कोरियाली प्रायद्वीप र बाँकी विश्वमा शान्ति र सुरक्षाको दृढ प्रतिरक्षामा साम्राज्यवादीहरूको सैन्य खतरा, उक्साहट र ज्यादती र स्वेच्छाचारी अभ्यासहरूको प्रतिरोध गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

Techie IT