Techie IT
२०८१ जेठ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसिक्किममा बादल फाट्दा टिष्टा नदीमा बाढी, २३ सैनिक बेपत्ता

सिक्किममा बादल फाट्दा टिष्टा नदीमा बाढी, २३ सैनिक बेपत्ता


एजेन्सी । सिक्किममा बादल फाटेर टिस्टा नदीमा आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् ।

डिफेन्स पीआरओका अनुसार मंगलबार बिहान १ः३० बजे बादल फाटेको थियो । जसकारण लाचेन उपत्यकाको टिष्टा नदीमा अचानक बाढी आएको हो ।

खोला नजिकैको क्षेत्रमा सेनाको क्याम्प रहेको थियो, जुन बाढीले बगाएको हो । गुवाहाटीका डिफेन्स पीआरओले भने– पानी एक्कासी बढेपछि चुङथाङ बाँधबाट पानी छोड्नुपरेको छ । यसपछि तल्लो क्षेत्रहरु पनि डुब्न थालेका छन् । यहाँ सिंगताम नजिकै बर्दाङमा पार्किङ गरेका सेनाका ४१ गाडी डुबेका छन् ।

सेनाका अनुसार बादल फाटेपछि टिस्टा नदीको पानीको बहाव एकाएक १५ देखि २० फिटले बढेको थियो । त्यसपछि खोला आसपासका क्षेत्रहरु डुबानमा परेका छन् । खोलाको पानी धेरैको घरमा पनि पुगेको छ । मानिसहरु घर छाडेर सुरक्षित ठाउँमा गएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अफगानिस्तानको घोर प्रान्तमा बाढीले ५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । मध्य अफ्गानिस्तानको घोर प्रान्तमा आएको

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन राजदूतावासको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार

इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल ल्याएको

भ्लादिमिर पुटिन र सी जिनपिङबीच भेटवार्ता

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका

नरेन्द्र मोदीको सम्पत्ति ३ करोड

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम

क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति

काठमाडौँ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति

Techie IT