Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्प बन्न सक्छन् अमेरिकी संसदको सभामुख ! पूर्वराष्ट्रपतिको दाबी– पार्टीले राख्यो प्रस्ताव

ट्रम्प बन्न सक्छन् अमेरिकी संसदको सभामुख ! पूर्वराष्ट्रपतिको दाबी– पार्टीले राख्यो प्रस्ताव


एजेन्सी । अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राजीनामा दिएपछि यो जिम्मेवारी कसलाई दिने भन्ने टुंगो लागेको छैन ।

तर, यसैबीच धेरै विवादमा परेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो बयान दिएका छन् ।

उनले आफू अमेरिकी संसदको सभामुख बन्न सक्ने बताए ।

ट्रम्पले आफूलाई पार्टीले सभामुखका लागि सम्पर्क गरेको र आफू तयार रहेको दाबी गरेका छन् ।

अमेरिकामा शटडाउनबाट बच्न कोष बिल ल्याइएको थियो। केभिन म्याकार्थीले यसलाई प्रतिनिधिसभाबाट पारित गराउनमा ठूलो भूमिका खेलेका थिए। जसका कारण उनको आफ्नै पार्टी रिपब्लिकनका सांसदहरु उनीसँग रिसाए ।

जुन संसदमा ट्रम्पले सभामुख बन्ने दाबी गर्दै आएका छन्, राष्ट्रपति चुनावको नतिजा आएपछि त्यही संसदमा उनका समर्थकले आक्रमण गरेका थिए ।

अब ट्रम्प यही संसदको सभामुख बन्ने सोचमा छन् ।

ट्रम्पले धेरै मामिलाहरूमा अदालतको चक्कर काटिरहेका छन्। अहिले उनी क्यापिटल हिल जाने तयारीमा छन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT