Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपालगन्जमा लगाइएको कर्फ्यु १२ घण्टाका लागि हटाइयो

नेपालगन्जमा लगाइएको कर्फ्यु १२ घण्टाका लागि हटाइयो


नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा लगाइएको कर्फ्यु बिहीबार बिहान ८ बजेबाट १२ घण्टाका लागि हटाएको छ ।

एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि राती ८ बजेसम्मका कर्फ्यु हटाएको जानकारी दिएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगन्जको अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी दिए ।

उनले आम मानिसको सहजताका लागि १२ घण्टाका लागि कर्फ्यु हटाइएको बताए ।

तर, बिहीबार राती ८ बजेदेखि शुक्रवार बिहान ८ बजेसम्म पुनः कर्फ्यु जारी रहने उनले बताए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले फेरि एक पटक स्थानीय सर्वसाधारणलाई सद्भाव र शान्ति कायम गर्न सबैमा अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि नेपालगन्जमा कर्फ्यु लगाएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT