गृहपृष्ठ ∕ नेपाल ∕ साउदी उडेको जहाज बीचबाटोबाटै फर्कियोसाउदी उडेको जहाज बीचबाटोबाटै फर्कियो नेपाली पत्र बिहीबार, २०८० असोज १८ गते, ०९:४९ मा प्रकाशित नेपाल काठमाडौँ । काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ ।गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँ अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार काठमाडौँ–दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौँ फर्काइएको हो । पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौँ फर्काएका थिए ।जहाज उडानको क्रममा अन्य जहाज नजिक आएमा सङ्केत गर्ने उपकरणलाई टिकास भनिन्छ । “टिकास जहाजमा जडित प्रणाली हो, यसले उडिरहेको जहाजलाई जोखिम हुन सक्ने तथा अर्को जहाजसँग ठोक्किनबाट जोगाउन पाइलटलाई निर्देशित गर्दछ”, महाप्रबन्धक तिवारीले भने । उक्त जहाजका यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ । #साउदी अरबग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै कोरिया जान १ लाख ३ हजार आवेदनकाठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्यबागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरोमा पुरिएर २ जनाको मृत्यु,…म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिनेकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णयधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ३ कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको मृत्यु ४ ‘लघुवित्तको विकल्प छैन, बचाउन सबै लाग्नुपर्छ’ सांसद चौधरी ५ चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ? ६ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ७ बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिनेThe Film Nepal