Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकारले कयौँ विषयमा गल्ती गरिरहेको छः विश्वप्रकाश शर्मा

सरकारले कयौँ विषयमा गल्ती गरिरहेको छः विश्वप्रकाश शर्मा


काठमाडौँ। नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सरकारले कयौँ विषयमा गल्ती गरिरहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले यस्तो टिप्पणी गरेका हुन्। महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न व्यक्तिलाई आममाफी दिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै अब त्यस्ता गल्ती नगर्न सचेत गराए।

शर्माले आन्दोलनरत शिक्षकहरूको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारसँग आग्रह गरे। उनले सरकारले सदनमा पेस गरेको सो विधेयकलाई युग सुहाउँदो परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

‘जघन्य अपराधमा संलग्न व्यक्तिलाई सरकार आममाफीको प्रक्रियाबाट छोड्दै छ। त्यसैले त्यसप्रति पनि म ध्यानाकर्षण गराउन चाहन्छु। विद्यालय बनाएर मात्रै, कानुन बनाएर मात्रै समाज सुन्दर बन्दैन। त्यसको कार्यान्वयन गर्ने सरकार कति गम्भीर बन्छ, त्यसलाई कार्यान्वयन गर्ने समाजले त्यसलाई कति गम्भीर रूपमा लिन्छ?,’ उनले प्रश्न गरे, ‘म अपिल र आग्रह गर्न चाहन्छु, सरकार कयौं निर्णयहरूमा जुन कमजोरी गरिरहेको छ, यो विषयमा गल्ती नगरोस्। शिक्षक आन्दोेलनमा जे भएको थियो। त्यसले प्रस्तुत गरेको एकएक बुँदामा किन्तु, परन्तु केही पनि नगरी राहत शिक्षकहरूले समेत राखेका भावनालाई सम्बोधन गरेर यसलाई संशोधनको अंग बनाउनु पर्छ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT