Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययूएईको मरुभूमिमा १५० बिरालो अलपत्र अवस्थामा फेला: पेटा

यूएईको मरुभूमिमा १५० बिरालो अलपत्र अवस्थामा फेला: पेटा


एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा करिब १५० वटा बिरालो अलपत्र छोडिएको अवस्थामा फेला परेको पशु अधिकार समूह (पेटा) ले शुक्रबार जनाएको छ ।

तेलको धनी खाडी मुलुकका अधिकारकर्मीहरूले दर्जनौं बिरालो मरेको र केहीलाई जीवितै उद्धार गरिएको बताएका छन् ।

पेटाले यूएईलाई यस ‘क्रूरताको कार्य’ को सामना गर्न आह्वान गरेको छ ।

समूहका वरिष्ठ उपाध्यक्ष जेसन बेकरले एएफपीसँग भन्नुभयोे, “बिरालोलाई मरुभूमिमा फ्याँकेर तिर्खा, भोकमरी र चर्को गर्मीका कारण मार्नका लागि छोड्ने व्यक्तिबारे सूचना दिनेलाई पाँच हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।

यूएई अधिकारीहरूले बिहीबार अबुधाबीको मरुभूमिमा परित्यक्त बिरालोहरूको घटनाको अनुसन्धान सुरु गरेको घोषणा गरेका छन् । यद्यपि, उनीहरूले यी बिरालोहरू कति सङ्ख्यामा कहिले छोडिएका थिए भनेर निर्दिष्ट गरेनन् ।

यस ‘अमानवीय’ कार्यका दोषीहरूविरुद्ध सबै ‘प्रशासनिक र कानुनी उपायहरू’ प्रयोग गरिने अधिकारीहरूले बताएका छन् ।

बालुवामा पुरिएका वा मुस्किलले उभिन सक्ने बिरालोका तस्बिर र भिडियो सामाजिक सञ्जालमा शेयर भएका छन् । एएफपीले तत्काल यसको प्रामाणिकता पुष्टि गर्न सकेको छैन ।

सन् २००७ मा नयाँ कानुन लागू भए पनि यूएई पशु संरक्षणमा ‘अन्य देशभन्दा पछि परेको’ आरोप लगाउँदै बेकरले भने, “क्रूरताको यो कार्य अरू धेरैले जस्तै छिपाउनु हुँदैन ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT