Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकपमा श्रीलंकामाथि दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो जित, १०२ रनले हरायो

विश्वकपमा श्रीलंकामाथि दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो जित, १०२ रनले हरायो


एजेन्सी । दक्षिण अफ्रिकाले विश्वकपमा सानदार सुरुवात गरेको छ । शनिबार अक्टोबर ७ मा भएको पहिलो खेलमा टोलीले श्रीलंकालाई १०२ रनको ठूलो अन्तरले पराजित गर्यो ।

यो प्रतियोगितामा श्रीलंकामाथि दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो जित हो । यसअघि यो कीर्तिमान ८९ रनको थियो ।

दिल्लीको अरुण जेटली रंगशालामा शनिबार भएको खेलमा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गर्न आएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रनको विशाल स्कोर बनायो ।

यो एकदिवसीय विश्वकप इतिहासमा अहिलेसम्मकै उच्च स्कोर हो । दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेन ९१०८ रन०, क्विन्टन डी कक ९१०० रन० र एडेन मार्कराम ९१०६ रन० ले शतकीय पारी खेले।

मार्करामले विश्वकप इतिहासमा सबैभन्दा छिटो शतक बनाए । उनले आफ्नो एकदिवसीय करियरको तेस्रो शतक ४९ बलमा पूरा गरे ।

क्विन्टन डी ककले आफ्नो एकदिवसीय करियरको १८ औं शतक प्रहार गरे । उनले ८४ बलमा १०० रनको इनिङ खेले । डी ककको इनिङ्समा १२ चौका र ३ छक्का समावेश थियो ।

रस्सी भान डेर डुसेनले आफ्नो ओडीआई करियरको पाँचौ शतक प्रहार गरे । उनी ९८.१८ को स्ट्राइक रेटमा ११० बलमा १०८ रन बनाएर आउट भए । उनको इनिङ्समा १३ चौका र २ छक्का समावेश थियो ।

यस्तै, हेनरिक क्लासेनले २० बलमा ३२ रन जोडे भने डेभिड मिलर २१ बलमा ३९ तथा मार्को यानसेन ७ बलमा १२ रनसहित अविजित रहे ।

४२९ रनको लक्ष्य पछ्याउन आएको श्रीलंकाको टोली ४४.५ ओभरमा ३२६ रन बनाएर अलआउट भएको थियो । श्रीलंकाको टोलीले दोस्रो ओभरमा एक रनमै पहिलो विकेट गुमाएको थियो । यहाँबाट कुसल परेराले विस्फोटक पारी खेले । टोलीले १० ओभरमा दुई विकेट गुमाएर ९४ रन बनाएको थियो । मेन्डिस अविजित रहे ।

एक रनमा निसान्काको विकेट गुमाएपछि कुसल मेन्डिस र कुसल परेराले श्रीलंकाको इनिङ्सलाई सम्हालेका थिए । दुवैले ४० बलमा ६६ रनको साझेदारी गरे । यो साझेदारी यान्सनले तोडेका थिए । उनले परेरालाई बोल्ड गरे ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT