Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिरवि लामिछानेको प्रश्नः नरेन्द्र मोदी हाम्रो भूमिमा आउँदा सरकारले स्वागत गर्नुपर्दैन?

रवि लामिछानेको प्रश्नः नरेन्द्र मोदी हाम्रो भूमिमा आउँदा सरकारले स्वागत गर्नुपर्दैन?


काठमाडौँ। भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज गरिरहेको भ्रमणका विषयमा प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ। नेपालको अतिक्रमित भूमि र नेपालको चुच्चे नक्साले समेत समेटेको भूमिमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली पक्षलाई कुनै जानकारी समेत नगराई आज गरिरहेको भ्रमणका बारेमा संसदमा सांसदहरुले प्रश्न उठाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भूमिमा भईरहेको भ्रमणका बारेमा सरकारलाई जानकारी छ या छैन? छ भने छिमेकी मुलुकका प्रधानमन्त्री नेपालको भूमिमा आउादा स्वागत किन गरिएन भन्दै सरकारको धारणा माग गरेका छन्।

‘छिमेकी राष्ट्रका प्रधानमन्त्री हाम्रो भू–भागमा आउनुभएको रहेछ। छिमेकी राष्ट्रको प्रधानमन्त्री आउँदा न सरकारको कुनै स्वागत गरेको छ। न देशलाई जानकारी गराएको छ’ सभापति लामिछानेले भने, ‘यत्रो ठूलो भ्रमण। कुटी, गुन्जी चुच्चे नक्साभित्रै पर्छ। यसको आधिकारिकताका लागि हामीले त्यहाँ प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दा हामीले थाहा पायौं हामी जान पाउँदैनौं भन्नुभयो। सरकार र परराष्ट्रमन्त्रीलाई सोध्न चाहन्छु छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले सदन र जनतालाई जानकारी गराउनु पर्दैन? छिमेकी राष्ट्रको सरकारप्रमुख हाम्रो भूमिका आउँदा सरकारले स्वागत गर्नुपर्दैन? त्यसको औपचारिकता हुँदैन। त्यसबारे सरकारले जानकारी गराउनुपर्‍यो।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

Techie IT