Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकप क्रिकेट: न्यूजील्यान्डको लगातार तेस्रो जीत

विश्वकप क्रिकेट: न्यूजील्यान्डको लगातार तेस्रो जीत


काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत शुक्रबार भएको खेलमा न्यूजिल्याण्डले बङ्गलादेशलाई आठ विकेटले पराजित गरेको छ । न्यूजिल्याण्ड लगातार तेस्रो खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा प्रवेश गरेको छ ।

भारतको चेन्नईमा न्यूजिल्याण्डले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । बङ्गलादेशले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर दुई सय ४५ रन बनायो । दुई सय ४६ रनको विजय लक्ष्य न्यूजिल्याण्डले ४२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

न्यूजिल्याण्डका लागि डयारेल मिचेलले अविजित ८९ रन बनाए । उनले ६७ बल खेल्दै चार छक्का र ६ चौका प्रहार गरे । यस्तै केन विलियसनले एक सय सात बल खेल्दै ७८ रन बनाए । उनले यस क्रममा एक छक्का र आठ चौका हाने । डेवोन कान्वेले ४५ रनको योगदान दिए । उनले ५९ बल खेल्दै तीन चौका प्रहार गरे ।

बलिङतर्फ बङ्गलादेशका मुश्ताफिजुर रहमान र शकिब अल हसनले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४५ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि मुसाफिकर रहिमले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ७५ बलको सामना गर्दै दुई छक्का र ६ चौका हाने ।

महमुदुल्लाहले ४१ रन बनाए । उनले ४९ बल खेल्ने क्रममा दुई छक्का र दुई चौका प्रहार गरे । यस्तै कप्तान सकिब अल हसनले ४० रन जोडे । उनले ५१ बल खेल्ने क्रममा दुई छक्का र तीन चौका हाने । यसैगरी मेहिदी हसन मिराजले ३०, तास्किन अहमदले १७, तान्जिद हसनले १६ तथा तोहिद हृदोयले १३ रन बटुले ।

बलिङतर्फ न्यूजील्यान्डका बलर लोकी फर्गुसनले तीन, ट्रेन्ट बोल्ट र म्याट हेनरीले दुई दुई तथा ग्लेन फिलिप्स र मिचेल सान्टनरले एक एक विकेट लिए ।

न्यूजील्यान्डले पहिलो खेलमा साविक विजेता इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा इङ्गल्याण्डसित एक सय ३७ रनले पराजित भएको थियो । बङ्गलादेश एक जित र दुई हारका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ मा आयोजक भारतसँगै, बङ्गलादेश, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, इङ्गल्याण्ड, श्रीलङ्का, नेदरल्याण्ड्स, अष्ट्रेलिया र अफगानिस्तान सहभागी छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

Techie IT