Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलको हवाई हमलामा ७० जना प्यालेस्टाइनीको मृत्यु, इजरायली सेना ट्याङ्कसहित गाजामा प्रवेश

इजरायलको हवाई हमलामा ७० जना प्यालेस्टाइनीको मृत्यु, इजरायली सेना ट्याङ्कसहित गाजामा प्रवेश


एजेन्सी । इजरायल र हमासबीचको युद्धले गाजालाई तहसनहस बनाएको छ । जताततै विनाश छ । चिच्याहट र नाराबाजी छ ।

गाजाबाट लाखौं मानिसहरूको पलायन सुरु भएको छ।

संयुक्त राष्ट्र संघ लगायत धेरै अन्तर्राष्ट्रिय संगठनहरूले इजरायली आदेशको निन्दा गरेका छन्।

इजरायली सेनाले पनि स्थलगत कारबाही सुरु गरेको छ ।

यसैबीच इजरायली आक्रमणको डरले भागेका प्यालेस्टाइनीमाथि सेना गरेको हवाई हमलामा परी ७० जना मारिएका छन् ।

हवाई हमलाको प्रभावमा पत्रकारहरु पनि परेका छन् । उक्त घटनामा एक पत्रकारको मृत्यु भएको छ ।

केही देशहरूले आधिकारिक रूपमा इजरायलविरुद्ध आवाज उठाएका छन्।

कतारले इजरायललाई जतिसक्दो चाँडो गाजामा आक्रमण रोक्न चेतावनी दिएको छ।

यसैबीच रुसले हमासको आक्रमणको लागि इजरायललाई दोष दिएको छ ।

इरान र साउदी अरबमा पनि प्यालेस्टाइनको अवस्थाबारे वर्षौंपछि छलफल भएको थियो । खाडी देशहरूले इजरायललाई रोक्ने योजना बनाएको मिडिया रिपोर्टमा उल्लेख छ।

गाजा खाली गर्न आदेश दिएपछि इजरायली सेनाले जमिन आक्रमण सुरु गरेको छ । इजरायली सेनाले घुसपैठ गरेको र बन्धकहरूको शव निकालेको मिडिया रिपोर्टमा उल्लेख छ । यहाँ सेनाले आक्रमणको योजना र कार्यक्रम सहित धार्मिक वस्तु, कागजात र केही इजरायली गुप्तचर दस्तावेज बरामद गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT