Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छः महामन्त्री थापा

ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छः महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ई–स्पोर्टमा राज्यले लगानी गनुपर्ने बताएका छन् । नेपाल विद्थार्थी सङ्घ काठमाडौँ शाखाले शनिबार आयोजना गरेको ई–स्पोर्टस (पब्जी मोबाइल)प्रतियोगिताको समापन खेलका अवसरमा महामन्त्री थापाले विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसलाई राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए ।

“यो युग विज्ञान र प्रविधिको युग हो, युवाको रोजाइमा रहेको विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ”, उनले भने । उनले पछिल्लो समय ई–स्पोर्टसप्रति नयाँ पुस्ताको सहभागिता बढेकाले नेविसङ्घ काठमाडौँले यसलाई अगाडि बढाएकोमा धन्यवाद दिए ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले नेविसङ्घले युवाबीचमा लोकप्रिय पब्जी प्रतियोगिता आयोजना गरेर सराहनीय काम गरेको बताए । उनले पब्जी खेलको महत्व विस्तारै समाजले बुझ्दै गएको उल्लेख गरे ।

कूल १६ टिम रहेको उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु एक लाख ४० हजार, रु ९० हजार र रु५० हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको नेविसङ्घ काठमाडौँका अध्यक्ष मनिष डङ्गोलले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बझाङमा एमाले र कांग्रेसको रोचक प्रतिस्पर्धा

काठमाडौँ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना जारी रहँदा नेकपा एमाले र नेपाली कांग्रेसबीच रोचक प्रतिस्पर्धा

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ ।

बझाङमा कांग्रेसका उम्मेदवार सिंहको अग्रता

काठमाडौँ । बझाङ १ को प्रदेश सभा उपनिर्वाचनको मत गणना भइरहँदा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता लिइरहेका छन् ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र

इलाम २ मा सुहाङको अग्रता कायमै

काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि इलाम– २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम नै राखेका छन्

Techie IT