Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी राष्ट्रपति बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने

अमेरिकी राष्ट्रपति बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने


एजेन्सी । इजरायल र हमासबीचको रक्तपातपूर्ण युद्धमा हरेक दिन सयौं मानिस मरिरहेका छन् । इजरायल र हमासको तीव्र आक्रमणका बीच विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि इजरायलको भ्रमण गर्दैछन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नै यो जानकारी दिएका छन् ।

ब्लिन्केनले राष्ट्रपति बाइडेनले विश्वका लागि अत्यन्तै महत्त्वपूर्ण क्षणमा इजरायल भ्रमण गर्न लागेको बताए ।

बाइडेन इजरायल आउने र अमेरिकाको ऐक्यबद्धता पुनः पुष्टि गर्ने उनले बताए ।।

इजरायल भ्रमण गरेका एन्टोनी ब्लिन्केनले आफ्ना जनतालाई हमास र अन्य आतंकवादीहरूबाट जोगाउनु र भविष्यमा हुने आक्रमणहरू रोक्नु इजरायलको अधिकार भएको बताए।

बाइडेनले इजरायल हमास युद्धको फाइदा उठाउन खोज्नेहरूलाई स्पष्ट सन्देश दिने उनले बताए । ब्लिन्केनले इजरायल र अमेरिका गाजाका नागरिकहरूलाई मानवीय सहायता पुर्‍याउन सक्षम रहेको समेत बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT