Techie IT
२०८२ कात्तिक २, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालसुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउन आवश्यकः मुख्यमन्त्री पाण्डे

सुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउन आवश्यकः मुख्यमन्त्री पाण्डे


पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन्।

६८औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित कार्यक्रममा उनले सीमित साधनस्रोतका बीच पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै उनले समयानुसार बढिरहेको सुरक्षा चुनौतीलाई सामना गर्ने गरी सधनस्रोत सम्पन्न बनाउनु जरुरी भएको बताए।

स्थापनाकालमा सात हजार पाँच सय जनशक्ति लिएर करिब ९७ लाख नागरिकको जीउधनको शान्तिसुरक्षाको जिम्मेवारीका साथ सङ्गठित नेपाल प्रहरी हाल ८० हजार जनशक्ति लिएर तीन करोड नेपालीको सुरक्षा गरिहेको मुख्यमन्त्री पाण्डेले बताए। देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपद्का बेला पनि नेपालमा सुरक्षा संयन्त्रले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उनले बताए।

“भूकम्प, कोभिड, बाढी पहिरो, दुर्घटना लगायतका हरेक विपत्तिमा राज्यको पहिलो उपस्थितिको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्दै आएका छन्”, मुख्यमन्त्री पाण्डेले भने। राज्य र आम नागरिकलाई शान्तिसुरक्षा दिनुपर्ने गहन जिम्मेवारी सुरक्षाकर्मीको रहेको उल्लेख गर्दै उनले सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको बताए। पीरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले पटक–पटक कार्यालय धाइरहनुपर्ने वातावरणबाट मुक्तिका साथै नागरिकसँगको व्यवहार, आपत्कालीन सहयोग आदिले सङ्गठन भित्रको विश्वशनियता बढ्दै जाने बताए।

उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा पुष्पार्पण गरेका थियो। कार्यक्रमका अवसरमा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने प्रहरी कर्मचारी, खेलकुदतर्फ उत्कृष्ट कर्मचारी, अमर तथा अशक्त प्रहरीका परिवारजलाई सम्मान गरिएको थियो। निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले देश तथा जनताको शान्तिसुरक्षाका लागि अहोरात्र खटिरेहको प्रहरी सङ्गठन आफ्नो कर्तव्य तथा जिम्मेवारीलाई सधैँ आत्मसात् गर्दै अघि बढीरहेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT