Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaमध्यपूर्वमा आफ्ना नागरिकका लागि सेना र विमान पठाउँदै अस्ट्रेलिया

मध्यपूर्वमा आफ्ना नागरिकका लागि सेना र विमान पठाउँदै अस्ट्रेलिया


सिड्नी । मध्यपूर्वमा अस्ट्रेलियाली नागरिकहरूलाई लिएर चिन्ता बढेसँगै अस्ट्रेलियाले त्यहाँ सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको बताएको छ ।

रक्षामन्त्री रिचर्ड माल्र्सले ‘ठूलो सङ्ख्यामा’ सेना पठाउन लागेको बताए पनि सैन्य सङ्ख्याबारे जानकारी दिएनन् । दुई वटा सी–१३०जे हरकुलस विमान तैनाथ गरिएको उहाँले जानकारी दिए ।

उपप्रधानमन्त्री समेत रहनुभएका माल्र्सले विमान र सेना कहाँ आधारित हुनेछन् भन्नेबारे खुलाएनन् । विमानहरूले उक्त क्षेत्रमा पहिला नै सी–१७ए ग्लोबमास्टर यातायात विमान र केसी–३० एयर रिफ्युलर थप्ने बताइएको छ ।

“मध्यपूर्वमा यदि स्थिति बिग्रँदै गयो भने अस्ट्रेलियाली जनतालाई सहयोग पुर्याउनु यसको उद्देश्य हो”, उनले भने ।

इजराइल–हमास युद्ध अक्टोबर ७ मा गाजापट्टीबाट प्यालेस्टिनी आतङ्कवादी समूह हमासले इजराइलमाथि सुरु गरेको आश्चर्यजनक आक्रमणका कारण सुरु भएको हो । युद्ध सुरु भएपछि दुवैतर्फ हजारौँ नागरिक मारिएका छन् ।

अक्टोबर १३ देखि अहिलेसम्म आठ सयभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई इजराइलबाट बाहिर निकालिसकिएको छ । रक्षामन्त्री माल्र्सले सरकारले गाजामा ७९ र पश्चिमकिनारमा ५१ नागरिकलाई सहयोग गर्ने प्रयास गरिरहेको बताए । उनका अनुसार तिनीहरूलाई छोड्न भनिएको छ ।

मध्यपूर्वमा अस्ट्रेलियाको सैन्य उपस्थितिको एउटा लामो इतिहास छ । अस्ट्रेलियाली सेनाले इराक र सिरियामा इस्लामिक स्टेट समूहसँग लड्ने संयुक्त कार्यबलमा सैनिकहरूलाई योगदान दिने गरेको छ । उक्त कार्यबलले इराकी सुरक्षा फौजलाई प्रशिक्षण दिँदै आएको छ ।

यसअघिको कट्टरपन्थी सरकारअन्तर्गत अस्ट्रेलियाले सन् २०२० मा एसिया–प्रशान्त क्षेत्रमा आफ्नो रक्षा प्रतिबद्धताहरूमा ध्यान केन्द्रित गर्ने बताएको थियो । परिणामस्वरूप सो सरकारले मध्यपूर्वमा एउटा नौसैनिक जहाजको वार्षिक परिचालनलाई रोकेको थियो । यसबाट नेभिगेसन र सुरक्षाको स्वतन्त्रताको समर्थन गर्ने ३० वर्षको प्रतिबद्धता अन्त्य भएको थियो । रासस-एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९

सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

सिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी घोषणा

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

Techie IT