Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकानुन बनाउँदा विचार, पार्टी र व्यक्ति होइन, देश र जनतालाई हेरौँ: सांसद जैसवाल

कानुन बनाउँदा विचार, पार्टी र व्यक्ति होइन, देश र जनतालाई हेरौँ: सांसद जैसवाल


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री एवं सांसद वीना जैसवाल संसद्मा समसामयिक विषयमा स्पष्टरूपमा विचार व्यक्त गर्नेमध्येमा पर्छिन् । तराई मधेसमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई सदाका निम्ति अन्त्य गर्न उनले बारम्बार संसद्मा आवाज उठाउँदै आएकी छन् ।

संसदीय अभ्यासमा सक्रिय भूमिका निर्वाह गर्ने सांसद जैसवाल आफू तथा आफ्नो पार्टीले जनताको चासोका विषय तथा सामसामयिक विषयमा सदनमा खरो ढङ्गले प्रस्तुत हुँदै आएको बताउछिन् । “निर्वाचनका क्रममा जनतासमक्ष गरेको प्रतिबद्धता, आफ्नो पार्टीले अगाडि सारेको मुद्दा तथा समसामयिक विषयलाई हामीले सदनमा उठाइरहेका छौँ । निर्वाचनको बेला जे मुद्दा उठाइएको थियो, त्यही विषय हामीले दोहो¥याइरहेका छौँ”, उनी भन्छिन् ।

गत वर्ष मङ्सिरमा निर्वाचन सम्पन्न भएर संसद् गठन भएको पनि झण्डै एक वर्ष पुग्न लागेको छ तर सांसद जैसवाल संसद्मा सांसदको भूमिकालाई लिएर सन्तोष मान्ने अवस्थामा छैनन् । उनी भन्छिन्, “झण्डै एक वर्षको संसद्को अभ्यास हेर्दा त्यति सन्तोषजनक लागिरेहेको छैन ”।

सदनमा निर्धक्कसँग जनताले उठाएका विषय राख्न नपाएको सांसद जैसवालको गुनासो छ । सदनमा भइरहेको अवरोध तथा समय अभावका कारण आफूले जनताको मुद्दा सदनमा उठाउन नसकेको उनी बताउछिन् । “आकस्मिकरूपमा घटेका घटनाबाट जनतामा परेको असरका बारेमा कुरा उठाउन खोज्दा सदन अवरोध भइरहेको हुन्छ । जनताको अपेक्षा बढी छ । उनीहरूले आफ्नो जनप्रतिनिधिले सदनमा ती कुरा उठाइदिए हुन्थ्यो भन्ने आशा गर्छन् । जनताको कुरा सदनमा राख्छुभन्दा कहिले अवरोध हुने त कहिले पालो नपाउने भइरहेको छ”, सांसद जैसवाल भन्छिन्।

संसद्को शून्य समयमा कहिलेकाहीँ पालो आए पनि एक मिनेटमा सबै विषय राख्न नसकिने उनको भनाइ छ । “सांसदले भोग्नुपरेको समस्या जनतामा राख्दा उहाँहरुले पनि नबुझ्ने अवस्था छ । यद्यपि जनताको मुद्दा उठाइरहेका छौँ । पछिल्लो ११ महिनाको संसदीय अभ्यासलाई हेर्दा सोचेजस्तो भइरहेको छैन”, सांसद जैसवाल भन्छिन् ।

संसद्को मुख्य भूमिका कानुन निर्माण नै भएकाले देश र जनताको हितमा हुने कानुन निर्माण गर्नुपर्छ । कानुन निर्माण गर्दा पार्टी, विचार र व्यक्ति नभई देश र जनतालाई हेर्नुपर्नेमा सांसद जैसवालको जोड छ ।

“देश जनताका पक्षमा दीर्घकालसम्म टिकाउ हुने कानुन निर्माण गर्नुपर्छ । कुनै पनि नीति, नियम, कानुनले लामो समयसम्म प्रभावकारी काम गरोस् भन्नका लागि देश र जनताको हित हेरिनुपर्छ । पटकपटक कानुन परिवर्तन गरिरहँदा समय बर्बाद हुन जान्छ”, उनी भन्छिन् ।

विसं २०४६ फागुन २२ गते पर्साको वीरगञ्जमा जन्मनुभएकी सांसद जैसवाल उच्च शिक्षा अध्ययनकै क्रमदेखि राजनीतिमा आबद्ध हुँदै आएकी छन् । सांसद जैसवालले व्यवस्थापन विषययमा स्नातकोत्तर गरेकी छन् । मधेसी समूहअन्तर्गत् समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी उनी २०७८ सालदेखि राप्रपामा आबद्ध छिन् ।

प्रतिपक्षी भनेको संसदीय प्रक्रियामा अवरोध सिर्जना गर्ने पक्ष हो भन्ने भाष्य चिर्न आवश्यक रहेको सांसद जैसवालको भनाइ छ । “कहिलेकाहीँ प्रमुख प्रतिपक्षीबाट कुनै पनि हालतमा संसद् चल्न नदिएर प्रक्रियामा ढिलाइ होस् भन्ने सोच राखिएको पनि देखिन्छ, आमजनतामा पनि एउटा भाष्य के बनेको छ भने प्रतिपक्ष भनेको संसदीय अभ्यासमा ढिलाइ गर्ने, संसद् अवरुद्ध गर्ने भन्ने छ तर मलाई त्यस्तो लाग्दैन । प्रतिपक्षले जनताको प्रत्यक्ष सरोकार भएको विषयमा सरकारको धारणा माग गर्नुपर्छ”, उनी भन्छिन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिटिजन्स लाइफले प्रिमियममार्फत् उठाएको पैसाबाट लाभांश दिने

काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सले प्राथमिक सेयरमार्फत् प्रिमियमा उठाएको पैसाबाट लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको

संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलतः एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलत रहेको समेत जनाएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय

अशाेक राई नेतृत्वकाे नयाँ दल निर्वाचन आयाेगमा दर्ता

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको

कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर

काठमाडौँ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । आज सोमबार पनि शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५

जसपा विभाजन भएको छैनः जसपा नेपाल प्रवक्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ । पार्टीका प्रवक्ता मनिष सुमनले सोमबार एक

Techie IT