नेपाली समाज पतनको दिशामा गइरहेको केपी ओलीको टिप्पणी
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली समाजमा पतनको दिशामा गइरहेको टिप्पणी गरेका छन्। बुधबार नेकपा माओवादी निकट कलाकारहरुलाई पार्टी प्रवेश गराउँदै ओलीले समाजमा नकारात्मक सोच फैलिएको र पतनोन्मुख भएको टिप्पणी गरेका हुन्।
दुनियाँलाई नै सभ्यता र संस्कृतिको पाठ सिकाउने समाज पछिल्लो समय विकृतितर्फ भासिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे।
ओलीले भने, ‘अहिले युट्युब हेर्न सकिँदैन। एकान्तमा जानु पर्ने हुन्छ। हामी सभ्य समाजमा छौं कि विकृतितर्फ भासिँदै गएको समाजमा छौं! अचम्म लाग्दैछ।’
समाज र संस्कृति बिग्रिँदा त्यसलाई सुधार्न निकै मुस्किल हुने भन्दै ओलीले नेपाली समाज बिग्रिएकोमा चिन्ता व्यक्त गरेका हुन्। उनले भने, ‘राजनीति बिग्रियो भने १–२ वटा चुनावमा शिक्षा लिएर सही बनाउन सकिन्छ। अर्थतन्त्र बिग्रियो भने १–२ वर्षको बजेटबाट पञ्चवर्षीय योजनाबाट सुधार्न सकिन्छ। देशको संस्कृति बिग्रियो भने, सांस्कृतिक पतन भयो भने त्यो उठाउनका लागि पुस्तौंसम्म लाग्छ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक
काठमाडाैँ । आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी चलचित्रहरूले
एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका
काठमाडौँ । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई
जम्मू । कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको
चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा