Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला

सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला


काठमाडौँ। पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ। ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।

अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ। ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ।

सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ। ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा २०७९ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए।

सहारा गु्रप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन्।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ। गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ।
त्यसै एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिने छ।

अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर

काठमाडौँ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ

बाल्यकालको स्मृतिमा अनिलको गीत ‘सम्झ त्यो दिन’ सार्वजनिक

काठमाडौँ । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द,

बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै

लण्डन । बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुने भएको छ । मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा बेलायतको भ्यू

चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

Techie IT